Saturday, January 31, 2026
गृहपृष्ठ

उर्जा मन्त्री कुलमान घिसिंगको वीरगंज–रौतहट विकास अवलोकन यात्रा : अधुरा सडक, पुल र पूर्वाधार परियोजनामा प्रत्यक्ष निरीक्षण”

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिंग मंसिर २५ र २६ गते दुईदिने विकास अवलोकन यात्राका लागि वीरगंज–रौतहट क्षेत्र आउँदै हुनुहुन्छ। कार्यक्रमको समन्वय उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य ई. अरविन्द साह र Gen Z Parsaका विशेष साह द्वारा गरिएको हो।


मंसिर २५ : वीरगंज आगमन तथा पूर्वाधार अवलोकन

मन्त्री घिसिंग सिमरा हुँदै साँझ वीरगंज आइपुग्ने कार्यक्रम छ। आगमनपछि उहाँले—

वीरगंजका प्रमुख पूर्वाधार विकास कार्यहरूको वास्तविक अवस्था

स्थानीय राजनीतिक नेतृत्व, सामाजिक अभियन्ता तथा Gen Z युवाहरूसँग
शान्ति–सुरक्षा, विकास र आगामी चुनावी वातावरण सम्बन्धी विस्तृत संवाद
मार्फत प्रत्यक्ष जानकारी लिनेछन्।
यसै दिन उहाँले सहर अवलोकन भ्रमण समेत गर्नेछन्।


मंसिर २६ : प्रमुख विकास योजनाहरूको निरीक्षण

🔸 गढ़िमाई दर्शन
दर्शनपछि कलैयाको ३ किमि अधुरो सडक निर्माण सम्बन्धी समस्या प्रत्यक्ष सुन्ने।

🔸 दुधौरा पुल (पथलैया)
पुलको भौतिक अवस्था हेरी आवश्यक निर्देशन प्रदान।

🔸 चपूर – जन्मोत्सव पार्कमा जनसम्बोधन
स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद तथा विकास प्राथमिकतामा छलफल।

🔸 १५ वर्षदेखि रोकिएको बरहतवा पुल निरीक्षण
दीर्घकालदेखि रोकिएको पुल निर्माण पुनःथालनीतर्फ कदम चालिने अपेक्षा।

🔸 शिव मन्दिर दर्शन
धार्मिक तथा सांस्कृतिक स्थलहरूको अवस्थाबारे अवलोकन।

🔸 गौर भ्रमण
गौर क्षेत्रमा सामाजिक, आर्थिक तथा पूर्वाधार विकासको अध्ययन र निर्देशन।

यसपछि मन्त्रीज्यू चितवन प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम समन्वय

कार्यक्रमको सम्पूर्ण व्यवस्थापनमा —
ई. अरविन्द साह (उज्यालो नेपाल पार्टी)
विशेष साह (Gen Z Parsa)
सक्रिय रूपमा संलग्न छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *