ओलीको संकेत : “सक्दासम्म नेतृत्व गर्छु, पार्टीको शिर निहुरिन दिन्नँ”

२४ र २५ असोजमा केन्द्रीय सचिवालय र २७ असोजमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ। छलफलका क्रममा ओलीले भने, “पार्टीको शिर निहुरिन कहिल्यै दिन्नँ, सक्रियताका हिसाबले दिन्नँ, विचारका हिसाबले दिन्नँ। जबसम्म सक्छु तबसम्म गर्छु, सकिनँ भने छोडिदिन्छु।”
जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दै उनले एमाले राष्ट्रियता, देश र जनताको सवालमा कसैसँग नझुकी अघि बढ्ने बताए। ओलीले जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनालाई नियोजित षड्यन्त्रको परिणाम बताएका छन्।
आफू, पार्टी र देशविरुद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले नेतृत्व नछोड्ने निर्णय पनि त्यसकै प्रतिक्रियाको रूपमा बैठकमार्फत औपचारिक गर्ने संकेत गरेका छन्। पार्टीभित्र पुस्तान्तरणको विषयमा उठेका चर्चालाई उनले ‘नचाहिने हल्ला’ भन्दै खारेज गरे।
