ओली प्रवृत्ति पुनः जाग्दा देश तातेछ — जनताको आक्रोशले सिमरामा दिएको कठोर चेतावनी

पछिल्ला दिनहरूमा देखिएको हठ, दम्भ र बलजफ्तीको शैलीले विगतको रक्तपातपूर्ण कालखण्ड फर्किने हो कि भन्ने भय बढेको छ। ७६ जनाको ज्यान जाने र हजारौँ युवाको भविष्य संकटमा पारेको त्यो कालो अध्यायको सम्झना फेरि ताजा भएको छ।
सिमरामा देखिएको प्रतिवाद सामान्य झडप होइन, जनताको चेतावनी थियो— अहंकारी राजनीति अब सहिँदैन। युवालाई पुनः भिडन्तमा धकेल्ने प्रयासले देशलाई अस्थिरता, अराजकता र प्रतिक्रान्तितिर लैजान सक्छ भन्ने चिन्ता बढ्दो छ।
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीप्रति जनताको भरोसा मजबुत छ। उनको निष्पक्ष छविले जनतामा आशा जगाइरहेको बेला त्यो लोकप्रियता ओली समूहका लागि असहज बनेको खुलेर देखिन थालेको छ।
एमालेभित्रै पनि ओलीको नेतृत्वशैलीप्रति असन्तुष्टि र फुटको जोखिम बढ्दै छ। ईश्वर पोखरेलको नेतृत्वमा बनिरहेको नयाँ समूह र विद्या भण्डारीको आन्तरिक समर्थनले पार्टीभित्र शक्तिसन्तुलन बदलिँदै गएको चर्चा तीव्र छ।
सन्देश स्पष्ट छ—
जनताले पुनः रक्तपात, दमन र प्रतिक्रान्ति स्वीकार गर्ने स्थिति छैन।
कुनै पनि बलजफ्ती प्रयास अब देशभरबाट कडा प्रतिरोध झेल्नुपर्नेछ।
#BirgunjUpdates #SimraTension #NepalPolitics #OliPravrtti #YouthMovement #BreakingNews
