Tuesday, December 23, 2025
गृहपृष्ठ

काठमाडौंमा मन्त्रीको गाडीले बालिकालाई ठक्कर, हरिसिद्धिमा स्थानीयले बाटो अवरुद्ध

काठमाडौं, भदौ २१ – कोशी प्रदेशका आर्थिक मामिला मन्त्री रामबहादुर मगरको गाडीले शनिबार काठमाडौंमा एक बालिकालाई ठक्कर दिएपछि हरिसिद्धि क्षेत्रमा स्थानीयले बाटो अवरुद्ध गरेका छन्।

ललितपुरका एसपी चक्रराज जोशीका अनुसार दुर्घटनामा परेकी बालिकाको अवस्था सामान्य रहेको छ। तर, दुर्घटनापछि मन्त्रीले वास्ता नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन्।

मन्त्रीको गाडी बालिकालाई ठक्कर दिएर भागेको आरोप छ। घटनापछि आक्रोशित भीडले बाटो बन्द गरेका छन् भने प्रहरी र स्थानीयबीच छलफल भइरहेको प्रहरीले जनाएको छ।

सो दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *