Tuesday, December 23, 2025
गृहपृष्ठ

चीनको मिसाइल–ड्रोन प्रदर्शनपछि पश्चिमी मुलुकको चर्को आलोचना

काठमाडौं । चीनको राजधानी बेइजिङमा भएको भव्य सैन्य परेडलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रभावशाली तर योजनाबद्ध” भन्दै प्रतिक्रिया दिनुभएको छ। न्यूयोर्क टाइम्सका अनुसार, ट्रम्पले उक्त परेड हेरेको बताएका छन्।

जापानमाथिको विजयको ८० औं वार्षिकोत्सवको अवसरमा आयोजित परेडमा चिनियाँ सेनाले आफ्नो शक्तिशाली सैन्य क्षमता प्रदर्शन गरेको थियो। कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिका विरोधी मानिएका विभिन्न नेताहरूलाई विशेष अतिथि बनाएका थिए। सोही क्रममा उत्तर कोरियाली नेता किम जोङ उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच करिब दुई घण्टा लामो गोप्य वार्ता भएको समाचारमा उल्लेख छ। भेटवार्तामा पुटिनले किमलाई रूस भ्रमणका लागि निम्तो पनि दिएका छन्।

ट्रम्पले परेडमा आफूलाई आमन्त्रण गरिएको भए पनि उपस्थित नहुने स्पष्ट पार्नुभएको खबरमा उल्लेख छ। यसैबीच, युरोपेली सङ्घ (ईयू) की विदेश तथा सुरक्षा नीति प्रमुख काजा कल्लासले परेडमा उपस्थित नेताहरूलाई लक्षित गर्दै कडा आलोचना गर्नुभएको छ।

उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति पुटिन, इरानी नेतृत्व र उत्तर कोरियाली नेता किम जोङ उनलाई “स्वेच्छाचारी गठबन्धन” को प्रतीक भन्दै चिन्ता व्यक्त गर्नुभएको हो। कल्लासका अनुसार बेइजिङमा देखिएको दृश्य केवल पश्चिम विरोधी देखावट मात्र नभई अन्तर्राष्ट्रिय नियममा आधारित प्रणालीमाथि प्रत्यक्ष खतरा रहेको संकेत हो।

उनले यस्तो गठबन्धनले विश्व स्थिरता र नियममा आधारित व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै पश्चिमी शक्तिहरूले यसलाई संयुक्त प्रयासमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *