Tuesday, December 23, 2025
गृहपृष्ठ

चीनमा ओली–मोदी भेट नहुने

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता नगर्ने भएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार चीन यात्रा क्रममा ओली र मोदीबीच औपचारिक भेटको कुनै कार्यक्रम तय गरिएको छैन। ओली शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरिसकेका छन्।

भारत भ्रमण आगामी दिनमा तय भइसकेको अवस्थामा मोदीसँग चीनमै भेट नहुने जानकारी दिइएको हो। शनिबार राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमतिको विषयमा नेपालले असन्तुष्टि जनाएको बताइन्छ।

यस विषयमा ओलीले मोदीसँग भेट भएमा उठाउने अपेक्षा गरिएको थियो। प्रधानमन्त्री ओली शनिबार शंघाई सहयोग संगठन (SCO) को २५औं शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *