छठपछि आमूल परिवर्तनका लागि आन्दोलनमा उत्रिने दुर्गा प्रसाईँको घोषणा

प्रसाईंले विदेशीको इशारामा बनाइने वा विदेशीलाई खुसी पार्ने संविधान अब स्वीकार्य नहुने स्पष्ट पारेका छन् । उनले भने, “हाम्रो चाहना भनेको नेपालको माटो सुहाउने र नेपालीको सपना तथा भावनासँग मेल खाने संविधान हो।”
उनले आगामी दशैं–तिहार र छठ पर्वपछि सुरु हुने आन्दोलन नेपालीकै मन–मुटुबाट उठ्ने भएकोले यसले मुलुकमा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । प्रसाईंका अनुसार नयाँ पुस्ताले आफ्नै हातले नयाँ संविधान लेख्नेछन्, जसमा भविष्यका पुस्ताको स्वाभिमान, नेपालीपन र राष्ट्रिय पहिचान प्रष्ट झल्किनेछ ।
