Saturday, January 31, 2026
गृहपृष्ठ

जनजीवन सामान्य, तर अझै बन्द सेयर बजार – के छ तयारी?

जेनजी आन्दोलनपछि जनजीवन शनिबारदेखि सामान्य बन्दै गए पनि धितोपत्र बजार (नेप्से) अझै खुलेको छैन।

नेप्सेले भदौ २७ गते सूचना जारी गर्दै भदौ २९ देखि असोज २ गतेसम्म दोस्रो बजार कारोबार स्थगित गर्ने निर्णय गरिसकेको थियो। तर, लगानीकर्ताहरुले अब बजार खोल्नुपर्ने माग गरिरहेका छन्।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार, नयाँ निर्णय नभएसम्म बजार असोज २ गतेसम्म बन्द रहनेछ। तर, आवश्यक निर्णय भएमा यसअघि नै खुलाउन सकिने जानकारी दिएका छन्।

साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीले भने जनजीवन सामान्य बन्दै गएकोले अब बजार खोल्दा उपयुक्त हुने बताए। यसबारे धितोपत्र बोर्ड (सेबोन)सँग छलफल भइरहेको समेत उनले जानकारी दिएका छन्।

यसअघि, पाँच वटा प्रमुख लगानीकर्ता संगठनहरूले जेनजी आन्दोलनका कारण सुरक्षा चुनौती र बजारमा संभावित विकृति हुन सक्ने भन्दै कारोबार रोक्न माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *