Tuesday, December 23, 2025
गृहपृष्ठ

जेन्जी आन्दोलनका घाइते सिंहदरबार पुगे, “नचाहिँदो माग राखिएको” भन्दै आपत्ति

काठमाडौँ, असोज ४ । जेन्जी आन्दोलनमा घाइते भएकाहरू आफ्ना माग पूरा नभएको भन्दै आज सिंहदरबार पुगेका छन्। उनीहरूले आन्दोलनको मुख्य सरोकारमा बेवास्ता गर्दै विभिन्न समूहहरूले आफूहरूसँग सल्लाह नै नगरी आ–आफ्नै माग लिएर सिंहदरबार पुगेर नचाहिँदो मागहरू राखेको भन्दै आपत्ति जनाएका छन्।

घाइतेहरूको भनाइमा, आन्दोलनमा प्रत्यक्ष रुपमा सहभगी तथा पीडितहरूको मागलाई प्राथमिकता दिनुुपर्नेमा प्रतिनिधित्वको नाममा असम्बन्धित एजेन्डा अघि सारिँदा आन्दोलन कमजोर हुने खतरा बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *