Tuesday, December 23, 2025
गृहपृष्ठ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।

बुधबार नागरिक उड्डयन कार्यालयले सूचना जारी गर्दै उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश, धुवाँलगायत कारणले विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भन्दै अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द रहने जनाएको छ।

यस्तै, कार्यालयले विमानस्थल बन्द रहेकाले यात्रुहरूले अनावश्यक रूपमा विमानस्थल नआउन आग्रह गरेको छ। विमानस्थल पुनः सञ्चालनको सूचना आएपछि मात्र सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर यात्रा व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

यसअघि बुधबार साँझ ६ बजेसम्म विमानस्थल बन्द हुने भनिए पनि नयाँ सूचनापछि अनिश्चितकालका लागि बन्द गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *