Tuesday, December 23, 2025
गृहपृष्ठ

नयाँ बानेश्वरमा पुनः जेनजीको प्रदर्शनको संकेत, प्रशासनले अनिश्चितकालीन कर्फ्यू जारी

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मंगलबार बिहानैदेखि युवाहरू भेला हुन थालेका छन्। सोमबार भएको जेनजीको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जनाको मृत्यु भएपछि आज पनि आन्दोलन दोहोरिने संकेत देखिएको हो।

यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले बिहान साढे ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेका छन्। प्रशासनले सुरक्षालाई ध्यानमा राख्दै कुनै पनि भीडभाड नगर्न चेतावनी दिएको छ।

उता, जेनजी आन्दोलनकारीहरूले भने आफ्नो आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण हुने र निरन्तर जारी रहने स्पष्ट पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *