काठमाडौं । नयाँ बानेश्वरमा प्रदर्शन क्रममा भएको झडपमा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ। सिभिल अस्पतालले दिएको जानकारीअनुसार, मृत्यु हुने ती व्यक्ति घाइतेहरूमध्ये एक हुन्।
अस्पतालका अनुसार हाल अन्य ७०–८० जना घाइतेको उपचार भइरहेको छ। मृतकको परिचय भने अझै खुल्न बाँकी रहेको छ।
यस घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेकाले थप जानकारीका लागि प्रतीक्षा गरिएको छ।