Saturday, January 31, 2026
गृहपृष्ठ

पाकिस्तान–साउदीबीच रक्षा सम्झौता : आवश्यक परे साउदीलाई आणविक सहयोग उपलब्ध गराउने तयारी

इस्लामाबाद । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले नयाँ रक्षा सम्झौता अन्तर्गत आवश्यक परेमा साउदी अरेबियालाई आणविक सहयोग उपलब्ध गराइने बताएका छन्। यो इस्लामाबादले पहिलोपटक साउदी अरेबियालाई आफ्नो आणविक छातामुनि राख्ने संकेत हो।

बुधबार पाकिस्तान र साउदीबीच रक्षा सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार कुनै एकमाथि आक्रमण भए दुवैमाथि आक्रमण सरह मानिने छ। आसिफले भने, “हामीसँग भएका क्षमताहरू सम्झौता अनुसार साउदी अरेबियालाई उपलब्ध गराइनेछ।”

विश्लेषकहरूले यसलाई इजरायलतर्फ संकेतका रूपमा व्याख्या गरेका छन्। हालै कतारमा हमास नेताहरूमाथि इजरायली आक्रमण र गाजा युद्धले खाडी क्षेत्रमा सुरक्षा चिन्ता बढाएको छ।
पाकिस्तानले लामो समयदेखि इजरायलको प्यालेस्टिनी नीतिको आलोचना गर्दै आएको छ। तर कुनै प्रत्यक्ष युद्धमा भने संलग्न भएको छैन। यस सम्झौतापछि खाडी मुलुकहरूले आफ्नो रक्षा रणनीति बलियो बनाउन थालेको विश्लेषकहरूको बुझाइ छ।

बुलेटिन अफ एटोमिक साइन्टिस्ट्सका अनुसार हाल भारतसँग १७२ र पाकिस्तानसँग १७० आणविक हतियार छन्। पाकिस्तानको शाहीन–३ मिसाइल २,७५० किलोमिटर टाढासम्म पुग्ने क्षमता राख्छ, जसले इजरायलसम्म प्रहार गर्न सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *