Tuesday, December 23, 2025
गृहपृष्ठ

पूर्वपदाधिकारीसँग रहेका गाडी र सुरक्षाकर्मी फिर्ता गर्न सरकारको आदेश

काठमाडौं । सरकारले सेवा निवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूबाट अनधिकृत रूपमा प्रयोग भइरहेका गाडी र सुरक्षाकर्मी फिर्ता गर्न आदेश दिएको छ।

अर्थ मन्त्रालयले शुक्रबार गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै कानुनबमोजिम बाहेक उपलब्ध गराइएका सवारीसाधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी तुरुन्त फिर्ता गर्न निर्देशन दिएको हो।

मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार, मितव्ययिता र अनुत्पादक खर्च नियन्त्रणका लागि मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार यो कदम चालिएको हो।

पत्रमा प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ। सरकारका अनुसार अब पूर्वपदाधिकारीहरूलाई कानुनले स्वीकृत गरेको सीमा भित्रका मात्र सुविधा उपलब्ध गराइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *