पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्धको जाहेरी तामेलीमा

प्रहरी स्रोतका अनुसार पर्याप्त प्रमाण र आधार नपाई अनुसन्धान अगाडि बढ्न नसक्ने भएपछि जाहेरी तामेलीमा राखिएको हो। जाहेरी तामेलीमा राख्नुअघि प्रहरी र सरकारी वकिलको कार्यालय काठमाडौंबीच लामो छलफल गरिएको थियो।
जेन–जी आन्दोलनका घटनाको छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ। आयोगले प्रतिवेदन नबुझाइ ओली र लेखकविरुद्धको मुद्दा अघि बढ्न नसक्ने निष्कर्षमा प्रहरी तथा सरकारी वकिलको कार्यालय पुगेका छन्।
उक्त जाहेरी सुदन गुरुङले दिएका थिए भने त्यसलगत्तै एमाले र कांग्रेसका भ्रातृ संस्थाहरूले बालेन र गुरुङविरुद्ध पनि जाहेरी दर्ता गरेका थिए। पछिल्लोपटक प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध पनि जाहेरी परेको थियो।
हाल यी सबै जाहेरी तामेलीमा राखिएका छन्।
Source: प्रहरी स्रोत, काठमाडौँ
