Tuesday, December 23, 2025
गृहपृष्ठ

पोखरियामा गार्डेन चेयर हस्तान्तरण

पोखरिया, भदौ १४ । पोखरिया नगरपालिका–७ रानीगंज टोलमा शनिबार पार्क निर्माण अभियानअन्तर्गत विशेष कार्यक्रम सम्पन्न भएको छ। “सबका साथ, सबका विकास” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा गार्डेन चेयरहरू औपचारिक रूपमा वडाध्यक्ष परमानन्द प्रसाद कुर्मीलाई हस्तान्तरण गरिएको हो।

यस अभियानलाई सफल बनाउन नेजामुद्दीन शमानीले सहयोग गरेका छन्। गार्डेन चेयर हस्तान्तरणसँगै स्थानीय स्तरमा हरित पार्क र सार्वजनिक स्थानको विकासलाई अझै गति दिने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *