बानेश्वर क्षेत्र कर्फ्यु आदेश, भोली बिहान १० बजेसम्म आवतजावत बन्द

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम जारी गरिएको आदेशअनुसार बानेश्वर क्षेत्रभित्र कुनै पनि प्रकारको सभा, प्रदर्शन, जुलुस, भेला, बैठक तथा आवतजावत निषेध गरिएको छ।
कर्फ्यु क्षेत्र सीमा:
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिष्णुजात्रा पुलसम्म
बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म
बानेश्वर चोकदेखि उत्तर आइडलवेज मल हुँदै रत्नराज माविसम्म
बानेश्वर चोकदेखि दक्षिण संखमुल अरोमा हुँदै संखमुल पुलसम्म
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सार्वजनिक सुरक्षा र शान्ति-व्यवस्था कायम राख्न कर्फ्यु आदेश जारी गरिएको उल्लेख गरेका छन्।
