Tuesday, December 23, 2025
गृहपृष्ठ

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शनकारीद्वारा आगजनी, सवारीसाधनमा क्षति

काठमाडौं । प्रदर्शनकारीहरूले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभित्र आगजनी गरेका छन्। मंगलबार विमानस्थलभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले पार्किङ क्षेत्रमा रहेका पाँचवटा चारपाङ्ग्रे र दुईवटा दुई पाङ्ग्रे सवारीसाधनमा आगजनी गरेका हुन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आगजनीका कारण पार्किङ क्षेत्रमा राखिएका सवारीसाधनमा क्षति पुगेको छ। उनले अन्य संरचनामा भने क्षति नभएको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *