मन्त्रीलाई फोनमा कठोर बोल्ने युवती प्रहरी नियन्त्रणमा
वीरगञ्ज, भदौ १४ ।
खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहलाई फोनमार्फत धम्की दिएको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।वीरगञ्ज–२४, रामगढकी किरण साहका परिवारका सदस्य हैजाका कारण अस्पतालको आईसीयूमा भर्ना भएका थिए। यही तनाव र आक्रोशका बीच उनले मन्त्रीलाई फोन गरेर कुरा गर्दा बोलि कडा भएको बताइएको छ। तर, मन्त्री र मेयरलाई त्यो अभिव्यक्ति धम्की लागेपछि प्रहरीमा गुनासो दर्ता भयो।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार, प्रारम्भिक अनुसन्धानमा युवतीले असन्तुष्टिका कारण कठोर भाषामा कुरा गरेकी तर त्यो धम्कीपूर्ण सुनिने खालको भएको देखिएको छ। यसै आधारमा उनलाई शनिबार नियन्त्रणमा लिइएको हो।यसैबीच, मन्त्री यादवसँग युवतीबीच भएको फोन संवादको अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।

