Saturday, January 31, 2026
गृहपृष्ठ

महेश बस्नेतलाई चिन्दैनौँ, सम्मान गर्दैनौँ : सुदन गुरुङ

काठमाडौँ, असोज ४ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले एमाले नेता महेश बस्नेतले आफूलाई पार्टी प्रवेशको प्रस्ताव गरेको भन्ने दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेका छन्।

शनिबार जारी विज्ञप्तिमा गुरुङको संस्था हामी नेपाल ले महेश बस्नेतसँग कहिल्यै संवाद नभएको र भविष्यमा पनि नहुने स्पष्ट गरेको छ।

गुरुङले भनेका छन्, “हामी महेश बस्नेतलाई चिन्दैनौँ, सम्मान गर्दैनौँ। उहाँका झुटा अभिव्यक्तिबाट जनतालाई भ्रमित पार्न खोजिएको छ। संविधानले दिनेको कानुनी सुरक्षा नैतिक सुरक्षा होइन। इतिहासले तपाईंलाई जिम्मेवार ठहर गर्नेछ।”

विज्ञप्तिमा बस्नेतका क्रियाकलापलाई फोहोरी खेल, निर्लज्ज प्रयास र जनताप्रतिको धोका भनेर उल्लेख गर्दै सतर्क रहन समर्थकलाई आह्वान गरिएको छ।

सुदनले आफू र आफ्नो संस्था सधैं जनताको पक्षमा उभिने प्रतिबद्धता दोहोर्‍याउँदै “यो आन्दोलन भ्रष्ट राजनीतिका लागि होइन, जनताको लागि हो” भनेका छन्।

यसअघि बस्नेतले सुदन गुरुङ आफ्नो पार्टीमा आए अचम्म नमान्नू भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *