Saturday, January 31, 2026
गृहपृष्ठ

मुग्लिन–नारायणगढ सडकखण्ड : तुइनखोलामा पहिरो पन्छाउने काम पुन: सुचारु

चितवन — मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको तुइनखोलानजिक खसेको पहिरो पन्छाउने काम आइतबार बिहानदेखि पुन: सुचारु गरिएको छ।

शुक्रबार साँझ गएको सुख्खा पहिरो पन्छाउने प्रयास शनिबारभरि भए पनि सडक खुलाउन नसकिएको थियो। स्थगित काम आइतबार बिहानैदेखि सुरु भएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ।

कार्यालयका अनुसार अहिले दुवैतर्फबाट मेसिन परिचालन गरी काम भइरहेको छ। यद्यपि माथिबाट ढुङ्गा खसिरहने क्रम जारी रहेकाले सावधानी अपनाइएको छ। थप पहिरो नखसे सडक छिट्टै सञ्चालनमा आउने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *