Saturday, January 31, 2026
गृहपृष्ठ

राष्ट्रिय बृहत् आर्थिक बहस शनिबार काठमाडौंमा

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ कार्यक्रम आयोजना गर्ने भएको छ।

महासंघका अनुसार उक्त कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिको रूपमा उपस्थित रहनेछिन्। साथै अर्थ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग, वाणिज्य, आपूर्ति तथा कानुनमन्त्री अनिलकुमार सिन्हाको पनि सहभागिता रहनेछ।

कार्यक्रममा मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गर्भनर, विभिन्न मन्त्रालयका सचिवहरू, नेपालस्थित विदेशी दूतावासका राजदूतहरू, विकास साझेदार तथा निजी क्षेत्रका प्रमुखहरू पनि उपस्थित हुने बताइएको छ।

महासंघका अनुसार जेनजी आन्दोलनपछि देशको समग्र आर्थिक स्थिति र आगामी आर्थिक दिशाबारे साझा धारणा बनाउन यस ‘राष्ट्रिय बृहत् आर्थिक बहस’ आयोजना गरिएको हो। यसअघि सन् २०८० सालमा पनि महासंघले पहिलो शृङ्खलाको रूपमा यस्तै बहस आयोजना गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *