वीरगञ्जमा जेनजीको आक्रोश : एमाले पार्टी कार्यालयमा आगजनी, वातावरण तनावग्रस्त

विरोधकै क्रममा प्रदर्शनकारीहरूले वीरगञ्ज रामघडवामा रहेको नेकपा (एमाले) पार्टी कार्यालयमा आगजनी गरेका छन्। आगजनीका कारण कार्यालयमा उल्लेख्य क्षति पुगेको बताइएको छ।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रशासनले थप तनाव फैलिन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ।
यद्यपि विरोध प्रदर्शन अहिले पनि विभिन्न स्थानमा जारी रहेको र शहरको वातावरण अत्यधिक तनावग्रस्त बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
