Tuesday, December 23, 2025
गृहपृष्ठ

वीरगञ्जमा फोनमार्फत धम्की प्रकरणबारे खानेपानी मन्त्री प्रदीप यादवको स्पष्टीकरण

वीरगञ्ज जन्मथलो तथा राजनीतिक संघर्षको भूमिसमेत रहेको भन्दै संघीय खानेपानी मन्त्री प्रदीप यादवले हालै सामाजिक सञ्जालमार्फत जनतालाई सम्बोधन गरेका छन् ।

मन्त्री यादवका अनुसार हालै वीरगञ्जमा देखिएको खानेपानी संकट र त्यससँगै फैलिएको हैजा तथा झाडापखालाको समस्या समाधानका लागि उनी निरन्तर स्थानीय, प्रदेश र संघीय निकायसँग समन्वयमा सक्रिय रहेको बताए ।

उनका भनाइअनुसार, जनताको पीरमर्का बुझ्ने क्रममा आफ्नै मोबाइल नम्बरमा आएको एक अज्ञात महिलाको फोनमा गुनासोको साटो ज्यान मार्ने धम्की दिइएको थियो । मन्त्री यादवले उक्त नम्बर र अडियोबारे पर्सा प्रहरीलाई जानकारी गराएका थिए ।
उनी भन्छन् – “फोनकर्ता महिलालाई व्यक्तिगत पूर्वाग्रह राखिएको छैन, तर धम्की र अफवाह फैलाउने कार्य लोकतान्त्रिक संस्कारविपरीत छ । मैले प्रहरीमार्फत छानबिनमा सहयोग गरेको छु र महिलालाई नरम भइदिन पनि आग्रह गरेको छु ।”

यादवले लोकतन्त्रमा जनताले प्रश्न गर्ने र गुनासो पोख्ने अधिकारलाई आफूले स्वागत गर्ने तर हिंसा र अराजकतामा जाने अनुमति दिन नहुने स्पष्ट पारेका छन् ।

मन्त्री यादवले जनता प्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भने, लोकतन्त्रमा जनताले गुनासो गर्न पाउँछन् तर कुनै पनि निहुँमा अराजकता फैलाउन अनुमति छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *