शिक्षामन्त्री महावीर पुनको भनाइ– “स्वच्छ युवा नेतृत्वबिना देशमा ठूला परिवर्तन सम्भव छैन”

उनका अनुसार, “कुहिएका नेताहरूले फालेर मात्र स्वच्छ सोच, नैतिकता र जनसेवाको भावना भएका युवाहरूलाई नेतृत्वमा ल्याउन सके मात्र ठूला परिवर्तन सम्भव हुन्छ।”
मन्त्री पुनले आगामी निर्वाचनमा जनता र युवाहरूलाई जागरूक हुँदै नयाँ पुस्तालाई समर्थन गर्न आग्रह गरेका छन्। उनले योग्य, नैतिकवान र दृढ संकल्प भएका युवा जनप्रतिनिधिहरूलाई एकजुट भई संगठित रूपमा चुनावी मैदानमा उत्रन पनि आह्वान गरेका छन्।
उनले थपे, “अब समय भ्रष्टाचारको अन्त्य, सुशासनको प्रवर्द्धन र स्वाभिमानी राष्ट्र निर्माणको हो। त्यसका लागि स्वच्छ नेतृत्वको सरकार आवश्यक छ।”
मन्त्री पुनले पोस्टमार्टमको रूपमा भ्रष्टाचारविरुद्ध लड्ने, विदेशी चलखेल रोक्ने, र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था ल्याउने सपना बोकेकाहरूलाई आगामी निर्वाचनका लागि तयार रहन पनि आग्रह गरेका छन्।
उनका अनुसार, “यदि हामीले नयाँ सोच, इमानदार नीति र युवाको ऊर्जा अपनायौं भने मात्र देशले साँच्चै समृद्धि र परिवर्तनको बाटो समाउनेछ।”
