Saturday, January 31, 2026
गृहपृष्ठ

सानो देश, ठूलो सपना — कोस्टा रिकाले देखाएको बाटो नेपालका युवाका लागि प्रेरणा

विश्वमा केही देशहरू यस्ता छन्, जसको भौगोलिक आकार सानो भए पनि उनीहरूका सपनाले संसारभर गाउँछ। त्यहीमध्ये एउटा देश हो — कोस्टा रिका। नेपालभन्दा धेरै सानो यो देशले खेती–किसानीलाई आधारित बनाएर आफ्नो आर्थिक भविष्य बदलिदिएको कथा आज नेपालका युवाहरूका लागि एक विशाल प्रेरणा बनने छ।

कोस्टा रिका करिब ५१ हजार वर्ग किलोमिटर क्षेत्रफलको सानो राष्ट्र हो। तर यस देशले दुनियामा सबैभन्दा धेरै केला, कफी, अनानास र चिनी निर्यात गर्ने देशमध्ये आफूलाई उभ्याइदिएको छ। स्थानीय किसानहरूले उत्पादन गरेका यी बालीहरू अमेरिका, युरोप र एसिया सम्म पुग्छन्।

खास कुरा के हो भने, यो देशका किसानहरू आधुनिक प्रविधि, सफा खेती (clean farming) र गुणस्तरमा कडा ध्यान दिने गर्छन्। सानो देश भएर पनि उनीहरूले कृषिको ब्रान्डिङ गरे, गुणस्तर बनाए र वैदेशिक बजार पक्रिए। आज कृषि नै उनीहरूको मुख्य आम्दानीको आधार बनिसकेको छ।
नेपालको उब्जाउ माटो, पानी, मौसम र विविधता अझै कोस्टा रिकाभन्दा धनी छ। नेपालका युवाले चाह्यो भने अदुवा, इलामको चिया, अलैँची, कफी, अम्बा, केरा, लसुन, टिमुर, अदुवादेखि अर्गानिक तरकारी सम्मका उत्पादन अन्तर्राष्ट्रिय बजारमा ‘नेपाल ब्रान्ड’का रूपमा स्थापित गर्न सक्छन्।

आज जब धेरै युवा विदेश जाने सोच्दैछन्, कोस्टा रिकाको सफलताले एउटा ठूलो सन्देश दिन्छ —
“संसार जित्न ठूलो देश होइन, ठूलो सोच चाहिन्छ।”

नेपालका युवाले यदि लगन, सीप र नयाँ सोचलाई अपनाए, भने नेपाल पनि कृषि निर्यातमा विश्वमाझ एक शक्तिशाली नाम बन्न बिल्कुलै सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *