Tuesday, December 23, 2025
गृहपृष्ठ

सिंहदरबार घेराउ : प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव

काठमाडौं । सरकारविरुद्ध चर्किएको आन्दोलनअन्तर्गत सोमबार सिंहदरबारको दक्षिण गेटमा ठूलो संख्यामा प्रदर्शनकारीहरू भेला भएका छन् ।

नाराबाजी गर्दै सिंहदरबार पुगेका उनीहरूले भित्र प्रवेश गर्ने प्रयास गर्दा ठेलमठेल भएको छ । यस क्रममा सिंहदरबार परिसरमा तनावको स्थिति सिर्जना भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालका अनुसार भीडलाई सम्झाउने र नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।

उता काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भैरहेका छन् भने आन्दोलनकारीहरूले विभिन्न नेताहरूका घरमा आगजनी र तोडफोड समेत गरेका छन् । देशभरै आन्दोलन थप चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *