सिमराको तनावप्रति प्रधानमन्त्री कार्कीको कडा प्रतिक्रिया: “अराजकता स्वीकार्य छैन

प्रधानमन्त्री कार्कीले युवाहरूको आक्रोश र असन्तुष्टिलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउँदै अभिव्यक्ति स्वतन्त्रताको सम्मान सरकारले गर्छ तर त्यसको दुरुपयोग हुन नदिनु सबैको दायित्व भएको उल्लेख गरिन्।
उनका अनुसार गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति–व्यवस्था कायम गर्न, सबै राजनीतिक नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा निर्वाचन वातावरणलाई निष्पक्ष र भयमुक्त बनाउन उच्च संयमता र तयारीसहित काम गर्न निर्देशन दिइसकिएको छ।
“युवाहरूको वास्तविक अपेक्षा लोकतान्त्रिक प्रक्रियामार्फत मात्र पूरा हुन सक्छ,” भन्दै उनले सबै पक्षलाई अनावश्यक राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतन्त्रमा आस्था राख्न आग्रह गरेकी छन्।
