Tuesday, December 23, 2025
गृहपृष्ठ

सूचीकरणका लागि सरकारको सम्पर्कमा आयो मेटा, हाम्रो पात्रोले दियो निवेदन

काठमाडौं, १९ भदौ ।
नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाल र एप्लिकेसनलाई सूचीकरण गर्न सरकारले दिएको समयसीमा सकिएपछि केही कम्पनीले प्रतिक्रिया दिन थालेका छन् ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी मेटा सूचीकरणबारे सरकारले मागेको विवरण बुझ्न सम्पर्कमा आएको सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार मेटा प्रतिनिधि र मन्त्रालयबीच प्राथमिक छलफल भएको छ ।

यस्तै, नेपाली एप ‘हाम्रो पात्रो’ ले औपचारिक रुपमा मन्त्रालयमा निवेदन पेश गरेको छ । मन्त्रालयले प्राप्त निवेदनप्रति आवश्यक प्राविधिक मूल्यांकन गरेर निर्णय गर्ने बताइएको छ ।

यसअघि सरकारले ७ दिनभित्र नेपालमा सञ्चालन भएका सबै सामाजिक सञ्जाल तथा एपलाई सूचीकरण गर्न आह्वान गरेको थियो । समयसीमा सकिँदा कुनै पनि ठूला कम्पनीले निवेदन नदिएको भन्दै सूचीकरण प्रक्रियाबारे विवाद बढेको थियो ।

अबको केही दिनभित्र सरकार र सेवा प्रदायक कम्पनीबीच थप छलफल हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *