Saturday, January 31, 2026
गृहपृष्ठ

सेनाले बोलायो पृतनापति सम्मेलन, सुरक्षा चुनौती बढ्दो निष्कर्ष

काठमाडौं – नेपाली सेनाले मुलुकमा बढ्दो सुरक्षा चुनौतीका कारण पृतनापतिहरूको समन्वयात्मक सम्मेलन बोलाउने निर्णय गरेको छ। सेनाले बिहीबार सैनिक मुख्यालयमा हुने उक्त बैठकमार्फत सातै प्रदेशका पृतनापति, जर्नेल तथा विभिन्न विभागका प्रमुखहरूसँग छलफल गर्नेछ।

प्रधानसेनापति अशोकराज सिग्देलले मंगलबार र बुधबार सबै पृतनापतिहरूसँग टेलिफोन संवाद गर्दै हालको जटिल सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। उनले तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन्।

सम्मेलनमा पृतनापतिहरू किरण केसी (सुदूरपश्चिम), दीपेन्द्र शाह (कर्णाली), प्रेम पुन (बुटवल), मधुकर कार्की (पोखरा), हरेन्द्र पाठक (हेटौडा), रविन्द्र कार्की (उपत्यका), कृष्ण जिसी (मधेस–महोत्तरी) र गौरव केसी (इटहरी) सहभागी हुनेछन्।

स्रोतका अनुसार, बिहीबार हुने बैठकमा प्रत्येक पृतनापतिले भिडियो कन्फरेन्समार्फत आफ्नो जिम्मेवारी क्षेत्रको प्रतिवेदन पेश गर्नेछन्। साथै, आगामी दिनमा देखिन सक्ने सम्भावित चुनौती र सुरक्षाबारे विस्तृत छलफल हुनेछ।

प्रधानसेनापति सिग्देलले यसअघि प्रधानमन्त्री सुशिला कार्कीसँग पनि भेट गरी मुलुकको सुरक्षा अवस्था र सम्भावित राजनीतिक आन्दोलनका विषयमा परामर्श गरेका थिए। तिहारपछि देशभर आन्दोलन चर्किन सक्ने आकांकलाइ मध्यनजर गर्दै सेनाले आन्तरिक तयारीलाई अझ बलियो बनाउन लागेको सैनिक स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *