Tuesday, December 23, 2025
गृहपृष्ठ

Shilapatra Media Network Pvt. Ltd.

Sun, Sep 07, 2025२२ भदौ, २०८२

Shilapatra TV

Medhavi

The Next

KEC

होइन-होइन रुस ‘चीनमा गुमेको’ होइन, कसैको कब्जामा चल्न नखोजेको मात्रै हो

– तिमुर तार्खानोभ| आइतबार, भदौ २२, २०८२

A+AA-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ‘चीनमा गुमाएको’ भन्ने अभिव्यक्ति दिएपछि यसले गजब हेडलाइन बनाएको छ । तर, धरातलीय यथार्थ यो भन्दा पृथक छ ।

रुस कसैसँग हराउने कुरा होइन र कारण पनि छैन । रुस आफूले जहिल्यै गर्ने काम नै गरिरहेको छ । त्यो काम भनेको व्यवहारिक रुपमा कदम चाल्ने, अवसर देख्दा जोडिने र अरु कुनै गुटको नभएर आफ्नै नियमले चल्ने कुरा दुनियाँलाई बुझाइरहने हो ।

चीलले दुईतर्फ नै हेर्छ

हालसालै रुसको पूर्वी भू-भाग भ्लादिभोस्तोकमा भएको इस्टर्न इकोनोमिक फोरममा पुटिनले एक गज्जब विम्ब प्रयोग गरे । उनले दुई टाउके चिलको चर्चा गरे । यो रुसको राष्ट्रिय चिन्ह पनि हो । पुटिनले भनेका थिए, ‘हामीले कसैलाई धोका दियौँ ? दिएनौँ । चिलले सधैँझैँ दुवैतर्फ हेर्छ ।’

रुसी कदमलाई चित्रित गर्ने त्यही नै शक्तिशाली तरिका हो । मस्कोले लामो समयबाट भन्दै आएको हो कि हाम्रो ढोका बन्द छैनन् । चाहे त्यो पूर्वी विश्वको लागि होस, चाहे त्यो पश्चिमी विश्वको लागि होस् । यसको सन्देश सिधासिधि छ– हाम्रो सार्वभौमसत्ता र सवाललाई सम्बोधन भएको खण्डमा हामी सबैसँग सहकार्यमा सजिला छौँ । यो कुनै नयाँ कुरा होइन । अमेरिका र पश्चिम युरोपसँग जतिसुकै घृणित आमनेसामने हुँदा पनि क्रेमलिनले यही कुरा दोहोर्‍याइरह्यो ।

पुटिनले दिएको उदाहरण कूटनीतिक सद्भाव मात्रै होइन, उनले ठोस परियोजनाहरू नै दिएर भनेका थिए । अमेरिकासँग अलास्कामा अमेरिकी स्रोत र रुसी प्रविधि प्रयोग गरेर प्राकृतिक ग्याँस उत्पादनको कुरा गरे । आर्कटिकमा त रुस, चीन र अमेरिकाको त्रिपक्षीय साझोदारीको चर्चा गरे । यी ठोस आइडिया हुन् । यिनको कार्यान्वयनमा देखिने एक्लो तगारो भनेको वासिङ्टनको राजनीतिक इच्छाशक्ति भएको ट्रम्पले जोड दिइसके ।

अगस्टमा रुस र अमेरिका अलास्काको ऐंकरेजमा एकै स्थानमा भेला भए । युक्रेन युद्ध सुरु भएपछि दुई देशका नेताहरू अमेरिकी भूमिमा पहिलोपटक सँँगै बसे । अलास्काको छनोट नियमत थियो । यो रुसी जरा भएको अमेरिकी भूमि हो । यसले विगतका मित्रता, भूगोल र कसैले पनि मेटाउन नसक्ने साझा इतिहास बोल्छ ।

दुई नेताको भेलाले कुनै नाटकीय परिणाम त दिएन । तर, कूटनीतिमा कहिलेकाहीँ संकेतहरू पनि अर्थपूर्ण बन्छन् । शिखर सम्मेलन आयोजना हुनु आफैँमा एक वक्तव्य थियो कि बोल्ने बाटाहरू खुले । रुस अमेरिका व्यापारका पाटाहरू छँदै छन् ।

cosmos college
Nepatop

पुटिनले युक्रेनको शान्तिलाई अगाडि बढाउनको लागि ‘बुझाइ’को कुरा गरे । निराशाको खेतीवालाहरूले यसलाई परिणाममुखी नभएर लोकाचारको कुराको रुपमा देखे । तर जे होस् संवाद भयो । त्यसले भिडन्त होइन, सहकार्यमा जोड दिने खाका कोर्‍यो ।

यसमा व्यवहारिकताको एक संकेत किरिल दिमित्रिएभको सहभागिता हो । दिमित्रिएभ कुनै गुमनाम टेक्नोक्रेट होइनन्, उनी हार्भडमा र वालस्ट्रिट बुझेका पठित रुसको सोभरेल वेल्थ फन्डका प्रमुख हुन् । उनी विश्वको वित्तको भाषा बुझ्ने व्यक्तित्व हुन् । गत फेब्रुअरीमा उनले पुटिनका विशेषदूत नियुक्त भएर वैदेशिक लगानी र आर्थिक सहकार्यको लागि काम गरेका थिए । उनी पश्चिमा देशको व्यवसायिक हित र रुसको उद्देश्यको पुल बन्न सक्ने व्यक्तित्व हुन् ।

दिभित्रिएभको सहभागिता भन्नु नै रुस नीतिमा मात्रै नभएर नीतिलाई नतिजामा रुपान्तरण गर्ने खालका परियोजनाको लागि लगानीकर्ता र कम्पनीको पक्षमा छ भन्ने हो । यसको अर्थ रुट राजनीतिक नाटक गर्न नभएर ठोस प्रगतिको पक्षमा छ भन्ने संकेत हो ।

रुस चीनमा हरायो जो–जो भन्छन्, तिनले रुसको कूटनीतिक आयामलाई पूर्ण रुपमा बुझेकै छैनन् । यदि रुसले अमेरिका असान्दर्भिक मान्थ्यो भने त्यो अध्यायलाई छोडेर पूर्ण रुपमा पूर्वतर्फ नै फर्कन्थ्यो । दिभित्रिएभ त्यहाँ हुन्थेनन् । उनको उपस्थिति नै मस्कोले अमेरिकासँगको सहकार्य खोजीमा महत्त्व देख्छ भन्नु नै हो ।

चीन प्राकृतिक साझेदार हो, पिँजडा होइन

यो कसैले पनि नकार्न नसकिने सत्य हो कि रुस र चीन ज्यादै निकट भइरहेका छन् । त्यो कुनै भूराजनीतिक सरप्राइज होइन । उनीहरू युरोप र एसिया क्षेत्रका दुई महाशक्ति हुन् । उनीहरूको विशाल सीमा मात्रै जोडिएको छैन, इतिहास पनि जोडिएकै छ । उनीहरूले आर्थिक, राजनीतिक रुपमा मात्रै होइन, वैचारिक कोणमा पनि केही साझास्थल भेटेका छन् । त्यो भनेको पश्चिमा संस्थाहरूको दबदबा भएको दुनियाँको अस्वीकार ।

यद्यपि, चीनसँगको नजिकको साझेदारी हुनु भन्नु नै पश्चिमा देशहरूसँगको ढोका बन्द गरिएको कदापी होइन । हुँदै होइन । रुसले त्यसो कहिल्यै पनि गरेन । यसको वैदेशिक डीएनए नै बहुध्रुवीय छ । व्यवसायिक छ । सन्तुलित छ । बेइजिङसँगको सहकार्य प्राकृतिक छ । उत्तिकै वासिङटन, ब्रसेल्स, दिल्ली र सहकार्य गर्न इच्छुक सबैसँग उत्तिकै खुला बाटा छन् ।

यही भएकोले रुस अमेरिकाको यो कित्तामा वा चीनको त्यो कित्तामा हुनुपर्छ भन्ने गुटगत धारणा नै रुसको विश्वधारणासँग मेल खाँदैन । क्रेमलिनलाई विकल्प मन पर्छ । लाभको क्षेत्र मन पर्छ । आफ्नै चाल चाल्ने कोठा मन पर्छ ।

रुसलाई कसैले गुमाएकै छैन । किनभने रुस कसैको कब्जामै छैन । साँचो हो कि यसले बेइजिङसँग मित्रता गाढा बनाइरहेको छ । तर, त्यही समयमा यसले अमेरिकी व्यवसायिक साझेदारलाई अलास्का, आर्कटिकको इन्धन र अरु–अरु कुरामा निम्तो दिइरहेको छ । यो वासिङ्टनका नेताहरूसँग भलाकुसारी गरिरहेको छ ।

यसले वरिष्ठ र वैश्विक सञ्जाल भएका किरिल दिमित्रिएभजस्ता समन्वयकर्ताहरूलाई पठाइरहेको छ ।

अमेरिकासँग छि: छि: दुरदुर गर्नु कुनै पनि देशको आचरण होइन । सबै विकल्प खुला राखेर न चीन न अमेरिका कसैको पनि दबाबमा नपरी आफ्ना हितको चाल चाल्न प्रतिबद्ध हुनु नै कुनै पनि देशको आचरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *