- कांग्रेसको प्रतिक्रिया– केही सहकारी ठगलाई बचाउन सरकारले लोकतन्त्रको मूल्यमान्यता मिच्यो
by Admin
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीका बीच विश्वासको मत लिएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले लोकतन्त्रको मूल्यमान्यता मिचेको प्रतिक्रिया दिएको छ । संसद बैठकपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले देशभरका सहकारीको ठगीबाट पीडित नागरिकलाई बेवास्ता गरेको र केही सहकारी ठगलाई बचाउन लोकतन्त्रको मून्ल्यमान्यता मिचेको निष्कर्ष निकालेको छ ।
- फेसबूकबाट चरित्र हत्या गरेको आरोपमा १ जना पक्राउ
by Admin
काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल टिकटक र फेसबूकको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका स्थायी घर भई हाल काठमाण्डुमा बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोजकुमार महतो रहेका प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक
- जाजरकोटमा ४ घण्टाभित्र ६ पटक भूकम्प
by Admin
जाजरकोटमा चार घण्टाको अवधिमा ६ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सबैभन्दा पहिला शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसपछि शनिबार दिउँसो ३ बजेर ४० मिनेट जाँदासम्म ४ म्याग्निच्युडमाथि परकम्प
- नेपाल विश्वकपमा छनोट
by Admin
यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी-२० विश्वकपमा छनोट भएको छ।मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइलनमा यूएईलाई आठ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ। यससँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट भएको हो। काठमाडौंमा जारी एशिया क्षेत्रको विश्वकप छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली
- डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते
by Admin
डोटी : डोटीमा जीप दुर्घटना भएको छ। खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्। जीप दिपायल सिलगढी नगरपालिका-६ पानीखालमा दिउँसो साढे १ बजेतिर दुर्घटना भएको हो। घाइतेहरूको उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको