Tuesday, December 23, 2025
गृहपृष्ठ

अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्की आज सिंहदरबारमा पदभार ग्रहण गर्दै

काठमाडौं – अन्तरिक सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दैछिन्। जेनजी आन्दोलनले सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। उनले त्यही दिन शपथ ग्रहण गर्दै संसद विघटन गरेकी थिइन्।

पदभार ग्रहणसँगै कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तारको तयारी पनि गरिरहेकी छन्। मन्त्री नियुक्तिका लागि अहिले छलफल भइरहेको र आजै नामावली टुंगो लगाई नियुक्ति गर्ने योजना रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्नुअघि आफ्नो पहिलो दिन शनिबार आन्दोलनमा घाइते भएका युवाहरुलाई अस्पतालमै पुगेर भेट गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *