Wednesday, October 29, 2025
गृहपृष्ठ

आज छठ पर्वको मुख्य दिन — अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै श्रद्धा र आस्थाको माहोल

आज हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजाको मुख्य दिन हो। आज साँझ देशभरका घाटहरूमा भक्तजनहरूले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्दै भगवान् सूर्य र छठी माईको आराधना गरिरहेका छन्।

वीरगंजका घडियार्वा, छपकैया पोखरी, नगवा, गण्डक तट लगायतका प्रमुख घाटहरूमा बिहानदेखि नै तयारीको चहलपहल देखिएको छ। महिलाहरू परम्परागत पहिरनमा सजिएर दाउरा, दूध, फलफूल, र ठेकुआ-थेवा भरिएका डलामा बोकेर घाट तिर जाने परम्परा छ ।

छठ पर्वमा आजको दिनलाई सबैभन्दा महत्वपूर्ण मानिन्छ। भक्तजनहरूले चार दिनसम्म कठोर व्रत बसेर आज साँझ अस्ताउँदो सूर्यलाई र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। यस अवसरमा वीरगंज महानगरपालिकाद्वारा सफाइ, प्रकाश र सुरक्षाको विशेष व्यवस्था गरिएको छ।

स्थानीय समाजसेवी र विभिन्न राजनीतिक दलका नेताहरूले पनि भक्तजनलाई शुभकामना व्यक्त गरेका छन्। छठ पर्वले आस्था, स्वच्छता र सामाजिक एकता सँगसँगै परिवार र समाजमा प्रेम, श्रद्धा र सकारात्मकताको सन्देश दिने विश्वास गरिन्छ।

जय छठी माई 🙏
Birgunj Updates तर्फबाट सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई छठ पर्वको हार्दिक शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *