Sunday, September 8, 2024
ताजा समाचार

डोटीमा जीप दुर्घटना हुँदा ५ जना घाइते


डोटी :
 डोटीमा जीप दुर्घटना भएको छ। खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।

जीप दिपायल सिलगढी नगरपालिका-६ पानीखालमा दिउँसो साढे १ बजेतिर दुर्घटना भएको हो। घाइतेहरूको उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते भएका सबै सायल गाउँपालिका निवासी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *