Tuesday, December 23, 2025
गृहपृष्ठ

बालुवाटारमा बालेन–प्रधानमन्त्री भेट : ‘जेनजीमाथि गोली चलाउने किन पक्राउ परेनन्?’

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनमा दमन गर्नेहरूविरुद्ध अहिलेसम्म कारबाही नभएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीप्रति असन्तोष प्रकट गरेका छन्।

बुधबार बिहान बालुवाटार पुगेर भेटघाटका क्रममा बालेनले प्रधानमन्त्रीलाई भदौ २३ गतेको प्रदर्शनमा गोली चलाउने र आदेश दिनेहरू अझै पक्राउ नभएको विषय उठाएका थिए।

‘सरकार गठन भएको यतिका दिन भइसक्यो, गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? किन पक्राउ गरिएन?’ बालेनले प्रश्न गरेका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले आफू गम्भीर रहेको बताउँदै, ‘अत्याचार गर्ने र शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति पाउँदैन,’ भन्ने प्रतिक्रिया दिएकी छन्।

बालेनको अनुसार, पीडित परिवारहरूले पनि तत्काल न्याय मागिरहेका छन् र ढिलाइ भए असन्तोष बढ्ने चेतावनी उनले सरकारलाई दिएका छन्।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो। उक्त घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भए पनि कार्यभार अझै सुरु हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *