Wednesday, October 29, 2025
गृहपृष्ठ

माइतीघरमा अनेरास्ववियूको प्रदर्शन, ब्यानरको विषयमा विवाद

काठमाडौँको माइतीघर मण्डलामा बुधबार साँझ अनेरास्ववियूको प्रदर्शनका क्रममा दुई पक्षबीच विवाद भएको छ।

‘Arrest Balen, Arrest Sudhan’ लेखिएका ब्यानरसहित नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको थियो। उनीहरूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध राखिएको पुरानो ब्यानर हटाउँदै काठमाडौंका मेयर बालेन शाह र हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ विरुद्ध कारबाहीको माग गर्दै नयाँ ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको हो।

सोही क्रममा जेनजी समूहका सदस्यहरू पुगेपछि केहीबेर वादविवाद भएको बताइएको छ।

यसअघि जेनजी आन्दोलनका मृतक परिवारले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिएका थिए, जसलाई प्रहरीले उच्चस्तरीय छानबिन आयोगमा पठाएको छ।

त्यस्तै, अनेरास्ववियूले पनि बालेन शाह र सुदन गुरुङ विरुद्ध जाहेरी दिएको भए पनि अहिलेसम्म कुनै जाहेरी दर्ता भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *