वर्तमान सरकारले चुनाव गराउने आधार छैन : एमाले

अधिकारीले जेनजी आन्दोलनका क्रममा अपराधीहरू जेलबाट भाग्नु, हतियार लुटिनु जस्ता घटनाले देशमा भयको वातावरण सिर्जना भएको उल्लेख गर्दै यस्तो असुरक्षित अवस्थामा चुनाव सम्भव नभएको बताए। उनले सरकार देशमा भयरहित वातावरण निर्माण गर्न असफल भएको आरोप लगाए।
उनका अनुसार मुलुकलाई निष्पक्ष तरिकाले चुनावमा लैजान प्रतिनिधिसभा पुनर्स्थापना गरी संविधान संशोधन गर्न जरुरी छ। संशोधनमार्फत प्रतिनिधिसभामा सदस्य नबनेका व्यक्तिलाई पनि सीमित अवधिका लागि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गर्नुपर्ने उनको तर्क छ।
अधिकारीले एमाले निष्पक्ष सरकार निर्माणका लागि सहयोग गर्न तैयार रहेको उल्लेख गर्दै भने, “प्रतिनिधिसभा पुनर्स्थापना भए अहिलेका लागि अध्यक्ष ओली प्रधानमन्त्री नबन्ने ग्यारेन्टी हामी दिन तयार छौं।” तर पार्टी बलियो बनाउन र नेतृत्व स्थिरता कायम गर्न ओलीकै नेतृत्व आवश्यक रहेको पनि उनले जोड दिए।
उनले आगामी महाधिवेशनबाट केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष बन्ने दाबी गर्दै मधेश प्रदेशमा देखिएका समस्या अन्त्य गरी संघीयता मजबुत बनाउन सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने सुझाव दिए।
