Sunday, September 8, 2024
अर्थ

विदेशबाट फर्किंदा नेपालीले कति सुन ल्याउन पाइन्छ ? यस्तो छ नयाँ व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विदेशबाट फर्कने नेपालीले ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएको छ । कार्यालयले एक सूचना जारी गर्दै विदेशबाट फर्कने यात्रुले नेपाल ल्याउन पाउने सुनको परिमाणबारे प्रष्ट्याएको हो ।

सूचनाअनुसार विदेशबाट फर्कने महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहन ल्याउँदा भन्सार तिर्न पर्दैन । यस्तै, पुरुषको हकमा भने २५ ग्रामसम्म ल्याउँदा भन्सार तिर्नु नपर्ने कार्यालयले जनाएको छ । 

यसबाहेक, एकजना यात्रु (महिला/पुरुष) ले तोकेभन्दा बढी २०० ग्रामसम्म सुनको गहना ल्याउन पाउने र त्यसको भन्सार तिर्नुपर्ने व्यवस्था छ । तर, काँचो सुनलाई बंग्याएर बेरुवा, औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएको सुनलाई गहनाको मान्यता दिइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *