सांसदको जवाफ दिँदै शिक्षामन्त्री अशोककुमार राई
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
संसद सचिवालयका अनुसार बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत् विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यो पनि पढौँ:
- एन्टाको नयाँ कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण
- रास्वपा–उज्यालो नेपाल पार्टीबीचको एकता सहमति भंग, नाम परिवर्तन र पदको प्रस्ताव मुख्य विवाद
- पर्सा–१ मा जनमत पार्टीको चुनावी अभियान तीव्र, ओमप्रकाश सर्राफद्वारा एक हप्तामै ९ वडामा जनसम्पर्क
- पूर्वराजा ज्ञानेन्द्रको भारत भ्रमण, चुनावी अन्योल र वैकल्पिक सत्ताको बहस
- प्रत्यक्ष मात्रै प्रतिस्पर्धा गर्ने दल बढे, समानुपातिकतर्फ केही दल बाहिर
- कांग्रेस सभापतिमा त्रिकोणात्मक प्रतिस्पर्धा : अन्तिममा निर्णायक बन्ने देउवाको ‘किंगमेकर’ भूमिका
