Tuesday, December 23, 2025
गृहपृष्ठ

सिरहा — १५ वर्षिय बालक अपहरणपछि फिरौती माग, भोलिपल्टै हातखुट्टा बाँधिएको अवस्थामा शव भेट — परिवारले तुरुन्तै प्रहरीलाई जानकारी गराए

सिरहाको गोलबजार नगरपालिका-१३ डंग्राहाका १५ वर्षीय अभिषेक महतोको अचानक बेपत्ता पारिएपछि अपहरणकारीले परिवारलाई पाँच करोड रुपैयाँ फिरौती माग गरेका थिए। परिवारलाई पठाइएको धम्कीपूर्ण सन्देशमा अपहरणकारीले “अगर नहि दिया तो मार के फेक दूंगा” भनी स्पष्ट चेतावनी दिएका थिए। तर, सो सन्देश पठाएको भोलिपल्टै अभिषेकको शव घर नजिकैको आँप बगैंचामा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।

सोमबार बिहान करिब ८ बजे अभिषेकको आमाको मोबाइलमा आएकै सन्देशमा अपहरणकारीले बिहारी समूह भएको दावी गर्दै २५ तारिखसम्म पैसा नदिए हत्या गर्ने धम्की दिएका थिए। परिवारले तत्काल प्रहरीमा उजुरी गर्दा जिल्ला प्रहरी कार्यालय सिरहाले सोही दिन अनुसन्धान सुरु गरेको थियो। तर, अनुसन्धान अघि बढ्दै गर्दा मंगलबार बिहान अभिषेकको शव भेटिएको खबर आएपछि घटना बन्यो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी निरीक्षक धर्मेश कुमार यादवले प्रारम्भिक अनुसन्धान चलिरहेको र घटनाको विषयमा थप प्रमाण संकलन गरिरहेको जानकारी दिए। उनी भन्छन्, “परिवारको जानकारी पाएपछि सक्रिय अनुसन्धान सुरु गरेका थियौं, अहिले घटनास्थल, मोबाइल र अन्य संकेत–सुझावको आधारमा अनुसन्धान गर्दैछौं।” प्रहरीले घटनामा संलग्न व्यक्तिहरुको पहिचान र पक्राउका लागि खोजी सुरु गरेको बताइएको छ।

स्थानीयवासी र परिवारले घटनाप्रति दुख व्यक्त गर्दै दोषीलाई कारवाहीको माग गरेका छन्। मृतक अभिषेक विद्यालयमा पढ्ने विद्यार्थी थिए र घटनाले स्थानिय समुदायलाई स्तब्ध बनाएको छ। प्रहरीले जनता र परिवारसँग समन्वय गरी छिट्टै सत्यतथ्य सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *