Sunday, June 16, 2024
गृहपृष्ठ

बंकरका विद्यार्थीलाई इजरायली सेनाले लैजाँदै छ सुरक्षित स्थलमा

काठमाडौं। इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।

पर्वत पैयु ५ का नारायण भुसालले दिएको जानकारी अनुसार हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको छ । बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।शेदोत नेगेभमा रहेका दाङ नारायणपूरका विपिन सुवेदीले पनि आफूहरु सुरक्षित स्थलतर्फ लगिँदै गरेको बताए । ‘हामी बाटोमा छौं, केही छिनमै सुरक्षित स्थलमा पुग्छौं,’ उनले भने, ‘इजरायली सेनाले हामीलाई समूह बनाएर लगिरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *