Saturday, July 27, 2024
अर्थ

सुनको भाउ एकै दिन झण्डै तीन हजारले बढेको छ

काठमाण्डाै – हप्ताको पहिलो दिन आज सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढेको छ ।सुन आज तोलाको १ लाख १३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन तोलामा १ लाख १० हजार एक सय रुपैयाँ पुगेको थियो ।  यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *