Saturday, January 31, 2026
गृहपृष्ठ

लिस्बनमा रेल दुर्घटना, १५ जनाको मृत्यु

पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध एलेभाडोर दा ग्लोरिया फुनिकुलर (ट्राम जस्तो सवारी) दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

आपतकालीन सेवाका अनुसार मृतकहरूमध्ये केही विदेशी नागरिक समेत छन् तर आधिकारिक रुपमा पहिचान सार्वजनिक गरिएको छैन ।

लिस्बनका मेयर कार्लोस मोएडासले घटनास्थलमै पत्रकारहरूसँग भने, “यो हाम्रो शहरका लागि एक दु:खद दिन हो । लिस्बन शोकमा डुबेको छ । यो एक अत्यन्तै दुखद घटना हो ।”

दुर्घटनापछि सार्वजनिक भएको भिडियोमा पहाडी सडकमा चल्ने पहेँलो ट्रामजस्तो गाडी भवनमा ठोक्किएर चकनाचुर भएको देखिन्छ । उद्धारकर्मीहरूले राति अबेरसम्म भग्नावशेष हटाउँदै यात्रुहरूलाई बाहिर निकाल्ने काम गरेका थिए ।

यो पहाडी रेलमार्ग लिस्बनको चर्चित पर्यटक आकर्षणमध्ये एक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *