वीरगञ्जमा फोनमार्फत धम्की प्रकरणबारे खानेपानी मन्त्री प्रदीप यादवको स्पष्टीकरण

मन्त्री यादवका अनुसार हालै वीरगञ्जमा देखिएको खानेपानी संकट र त्यससँगै फैलिएको हैजा तथा झाडापखालाको समस्या समाधानका लागि उनी निरन्तर स्थानीय, प्रदेश र संघीय निकायसँग समन्वयमा सक्रिय रहेको बताए ।
उनका भनाइअनुसार, जनताको पीरमर्का बुझ्ने क्रममा आफ्नै मोबाइल नम्बरमा आएको एक अज्ञात महिलाको फोनमा गुनासोको साटो ज्यान मार्ने धम्की दिइएको थियो । मन्त्री यादवले उक्त नम्बर र अडियोबारे पर्सा प्रहरीलाई जानकारी गराएका थिए ।

यादवले लोकतन्त्रमा जनताले प्रश्न गर्ने र गुनासो पोख्ने अधिकारलाई आफूले स्वागत गर्ने तर हिंसा र अराजकतामा जाने अनुमति दिन नहुने स्पष्ट पारेका छन् ।
मन्त्री यादवले जनता प्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भने, लोकतन्त्रमा जनताले गुनासो गर्न पाउँछन् तर कुनै पनि निहुँमा अराजकता फैलाउन अनुमति छैन।
