Sunday, February 1, 2026
गृहपृष्ठ

सामाजिक सञ्जाल बन्दको निर्णयविरुद्ध माओवादी केन्द्रको आपत्ति

काठमाडौँ ।
सरकारले दर्ता हुन नसकेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विषयमा नेकपा (माओवादी केन्द्र) ले कडा आपत्ति जनाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त निर्णयलाई आपत्तिजनक भन्दै संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा यसबारे कडा प्रतिक्रिया दिएका हुन् ।

उनका अनुसार सरकारले समयमा तयारी नगर्ने, आवश्यक वातावरण नबनाउने र समस्या समाधान गर्ने वैकल्पिक उपाय नअपनाएकै कारण यो स्थिति सिर्जना भएको हो । उनले सरकारको ढिलासुस्ती र व्यवस्थापन अभावकै कारण अहिले सामाजिक सञ्जाल नियमनको बहानामा बन्द गर्ने निर्णय आउनु दुखद भएको टिप्पणी गरे ।

हितराज पाण्डेले भने,
“सरकारले समयमा काम नगर्ने, त्यस्तो वातावरण नबनाउने र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ । यसको हामी कडा विरोध गर्दछौँ । नियमन गर्ने कुरा आवश्यक छ, तर सरकारले कहाँ समस्या हो, के के समस्या हो पहिचान गरेर मात्रै नियमन गर्नुपर्छ । सामाजिक सञ्जाल बन्द भयो भने देश अस्तव्यस्त हुन्छ, त्यसलाई सरकारले गम्भीरतापूर्वक ख्याल गर्नुपर्छ ।”

उनले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको भन्दै यसलाई कुण्ठित गर्ने कुनै पनि कदम जनताले अस्वीकार गर्ने चेतावनी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *