अमेरिकाबाट नेपाली सेनालाई थप दुईवटा M28 Skytruck विमान हस्तान्तरण

यसअघि २०१९ मा अमेरिका सरकारले दुईवटा विमान उपलब्ध गराएको थियो भने एकवटा नेपालले आफैं खरिद गरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा अमेरिकी राजदूत डिन थोम्पसनले परराष्ट्रमन्त्री डा. अर्जु राणा देउबा, रक्षा मन्त्री मानवीर राई, प्रधान सेनापति आशोकराज सिग्देल, वरिष्ठ अधिकारी तथा PZL पार्टनरहरूको उपस्थितिमा विमान नेपाली सेनालाई हस्तान्तरण गरे ।

त्यसैगरी परराष्ट्रमन्त्री अर्जु राणा देउवाले भनिन् – “यो क्षण नेपाली सेनाको विपद् व्यवस्थापन क्षमतामा वृद्धि मात्र होइन, नेपाल–अमेरिका मैत्री र सहकार्यको प्रतीक पनि हो । अमेरिका नेपालको दीर्घकालीन विकास साझेदार र भरपर्दो मित्र बनेको छ ।”
🔹 विशेषता
PZL Mielec (Lockheed Martin subsidiary) द्वारा निर्मित
छोटो रनवे र दुर्गम भेगमा अवतरण गर्न सक्ने क्षमता
एक विमान मेडिभ्याक एयर एम्बुलेन्स को रूपमा प्रयोग हुने
पाइलट तथा ग्राउन्ड क्रु यूरोप र नेपालमा विशेष तालिम पाउने
सन् २०१९ यता नेपाली सेनाले Skytruck विमानहरूलाई मानविय राहत, स्वास्थ्य उपचारका लागि हवाई उद्धार तथा दुर्गम क्षेत्रमा सामग्री ढुवानीमा व्यापक प्रयोग गर्दै आएको छ ।
