Tuesday, December 23, 2025
गृहपृष्ठ

जेनजी आन्दोलनमा दुर्गा प्रसाईंलाई नआउन आग्रह, युवाले भने– ‘हिंसात्मक नबनोस्’

काठमाडौं । जेनजी पुस्ताले गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईंले सहभागी हुने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि केही युवाले उनलाई सम्पर्क गरेर नआउन आग्रह गरेका छन्।

आइतबार अपराह्न माइतीघर मण्डलामा भेला भएका युवाहरूले प्रसाईंको उपस्थितिबारे छलफल गर्दै प्रदर्शन शान्तिपूर्ण राख्न आवश्यक रहेको निष्कर्ष निकालेका थिए। त्यसपछि बैठकमा सहभागी एक युवतीले प्रसाईंलाई फोन गरेर नआउन आग्रह गरेकी थिइन्।

उनका अनुसार, “पहिले उहाँ भएको आन्दोलन हिंसात्मक बनेको थियो। यसपालि अन्डरएज विद्यार्थीहरू समेत सडकमा आउने भएकाले सुरक्षाका लागि उहाँलाई नआउन भनेका हौं।”

दुर्गा प्रसाईंले पनि आफू नआउने प्रतिबद्धता जनाएको स्रोतले जानकारी दिएको छ।

जेनजी पुस्ताले सोमबार माइतीघर मण्डलामा भेला भएर भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्ने माग राख्ने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *