सामाजिक सञ्जाल बन्द विरुद्ध प्रचण्डको कडा आपत्ति, आन्दोलनलाई स्वाभाविक भन्दै सरकारलाई चेतावनी

आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विज्ञप्ति जारी गर्दै प्रचण्डले सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधका विरुद्ध युवाहरूले सुरु गरेको आन्दोलन पूर्ण रूपमा स्वाभाविक भएको बताएका छन्।
उनले भनेका छन्, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस।”
प्रचण्डले आन्दोलन जारी रहने स्पष्ट गर्दै सरकारले बल प्रयोग गरेर दमन गर्न खोजे आन्दोलन अझै व्यापक बन्ने चेतावनी दिएका छन्।
यसअघि पनि सामाजिक सञ्जाल बन्दबारे सर्वोच्च अदालतमा रिट दर्ता भइसकेको छ भने नागरिक समाज र युवाहरूले सडक आन्दोलनको तयारी तीव्र पारेका छन्।
