काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै संविधानको धारा ७७ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएको भए पनि हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका छन्।
ओलीले आफ्नो राजीनामा संविधानको धारा ७७ (१) क बमोजिम आजैदेखि लागू हुने गरी राष्ट्रपतिलाई बुझाएका हुन्।
यससँगै अब नयाँ सरकार गठन प्रक्रियाबारे राजनीतिक तहमा छलफल सुरु हुने अनुमान गरिएको छ।